Monday, November 26, 2012

" कठै - मतलब मान्छे! "




शून्य समय
बिपरीत लिँगी
मानब अस्तित्वको एउटा 
एकदम निजी समय ।

पंचतत्वको असिम मिश्रण 
उ िनजी समयको पूर्ण उपभोगमा छ,
गगनतत्वको छानोमुनि
भूमितत्वको साहारा लुटछ, 
अग्नितत्वको शक्ति लियर
जलतत्वको प्रवाह गर्छ,
अनी, वायुतत्वको बेगसँग 
सोख पिँेउछ, मन्द जिँउछ । 

अब कथा शुरु हुन्छ । 

एकचोटि, तप्का स्खलन 
रामापिथेकस- नयाँ अस्तित्वको जन्म,
बिकशित रामापिथेकस
चिच्च्याँउछ, कराँउछ- वा झैँ गर्छ !
अनी, पञ्चतत्वलाई अँज्ञात धन्यबाद दिन्छ 
पहिलो प्रहारको भोजन गर्छ । 

दोश्रो प्रहारको भोजनमा जुट्छ 
केही लुटाँउछ, केही लुट्छ, 
केही फुटाँउछ, केही फुट्छ 
मतलब- जुट्छ, लुट्छ अनी फुट्छ । 

अन्तिम प्रहारमा उपादेयता घट्छ 
त्यो पञ्चभोगपछी, शुन्य समय बढ्छ,
बुद्दत्वो पाएझैँ, लमतन्न लड्छ 
मतलब- घट्छ, बढछ, अनी लड्छ । 

पञ्चतत्वको समाधिमा, रामापिथेकस खै के गर्छ
अस्तित्वको संघर्षमा, आधा जिँउछ-आधा मर्छ,
शुन्य समय, बिपरित लिंगी, निजी चीजमा फेरी पर्छ 
मतलब, पर्छ, गर्छ अनी मर्छ । 

बौलाहा प्रकृति । 
कठै मान्छे ।।  








  

No comments:

Post a Comment