Sunday, February 3, 2013

सन्दर्भ: 'आग्रा, गाग्रा, मटंयाङग्रा र भियाग्रा'



एउटा पिढी छ हिजोको
उ आँफु 'बर्तमान पारीप्रेक्छ्यको' ठान्छ
बडा रंगिला, चंगिला तर झड्केला
भन्नलाई देब्रे-देब्रे हिन्छम भन्छ
अनी, कैले दाहिने हिंड्छ, कैले'चाइनी' हिंड्छ,
खासमा, नचाइनी भएपछी अगुवा हुन्छ
अनी, सर्लक्क हगुवा हुन्छ
अर्कोले, उखान टुक्का, चोटिलो हान्छ
'आँफु गुहुमा गडेर अरुलाई 'छी' भन्छ
तैपनी, बोल्न पाँउदा हिजो गलत थेम, अब हुन्नम भन्छ
अनी कुरा 'आग्राको' गर्छ ।
पुरै आग्राको ।।


एउटा अर्को पिढी छ 'अस्तिको'
उ आँफुलाई कुनै जमानाको मान्दैन
जमाना नै मेरो हो भन्च
'अस्तीदेखी पर्सीसम्मको' हामी नै हम भन्च
'म जे भन्चू त्यो गर्चू,'
जे गर्चू त्यो भन्चूको सन्तान'
उ आँफुलाई भबिस्य ठान्च
उसलाई जोड्को गणित पटक्कै आउँदैन
गुणान त रसगुल्लाको गेडाजस्तो-ख्वाप्पै हो
मानम, समिकरण उस्को 'गोत्रै' होइन
४, केवल ५ बाट १ घटेर मात्रै हुन्छ भन्छ
कैले पाक्यो-पाक्यो भन्छ,
कैले अमिलो भन्छ
झर्ला र खाम्लाको सिकार
अनी, यस्सो बोल्यो,
कुरा 'गाग्राको' गर्छ।
पुरै गाग्राको ।।


अर्को साह्रै मेहनेती 
तर अनौठो खालको पिढी छ 
इनीसँग लाइटर छैन खाली बिँढी छ 
कुराले गरम न गरम भन्छ 
कामले, चोरम भन्छ
अनी फोरम भन्छ
एउटाले, साँढे दुई करोढसम्म कमायो रे 
त्यो नि बाँझोखेतमा, एउटै सिजनमा 
अर्को, जसरी मिल्यो त्यसरी तन्किने गुलेली 
नजिकको कुरा त गर्दैगर्दैन उ 
'सिमापारै' लाइदिन्छु भन्च
धेरैजसो उ मटँयाग्राको कुरा गर्छ । 
पुरै मटँयाग्राको ।।

अनी अर्को पिढी छ, ठिमाहाको सन्तान 
हुनलाई उ 'भूतै' हो, तर हैन भन्छ 
गाँउका केटाकेटी सब मेरै हो भन्छ 
बढो ताज्जुब छ, तर यस्को प्रब्रित्ती बोके छ
श्रीमती हुँदाहुँदै रखेल ताक्नी 
तेरी आमालाई 'भुँडी' बोकाको मैले हो भन्छ
बच्चा जन्मिन्छ,"नयाँ खाले" नाम राख्चू भन्छ 
अनी, जब बच्चा जन्मिन थाल्छ, 
बोका आत्तिन्छ 
प्रसब बेदना सुरु हुँदा, बोका घोत्लिन्छ 
उस्ले करणी गर्नी योनी च्यात्तिदै छ 
जन्म्यो कि च्यात्त्यो !
अनी के मजा करणी को? 
एक्कासी उ घ्वाप्प्प छुरा हान्छ 
सुकिलो चिजले रक्त्याम्य गर्भिणी ढाक्छ 
मुकिलो चिजले आफ्नो मर्दाङगी 
अन्तत:एउटा योन-शक्तीहिन निरिह बुढो 
आराम गर्न एकान्त चाहर्छ 
आजकाल, बोल्यो कि भक्कानो फुटाँउछ
लसपसबाजको रोगी-पिढी
शक्तीपिठ भियाग्राको कुरा गर्च ।
पुरै भियाग्राको ।।

सन्दर्भ: 'आग्रा, गाग्रा, मटंयाङग्रा र भियाग्रा'