Monday, November 26, 2012

" कठै - मतलब मान्छे! "




शून्य समय
बिपरीत लिँगी
मानब अस्तित्वको एउटा 
एकदम निजी समय ।

पंचतत्वको असिम मिश्रण 
उ िनजी समयको पूर्ण उपभोगमा छ,
गगनतत्वको छानोमुनि
भूमितत्वको साहारा लुटछ, 
अग्नितत्वको शक्ति लियर
जलतत्वको प्रवाह गर्छ,
अनी, वायुतत्वको बेगसँग 
सोख पिँेउछ, मन्द जिँउछ । 

अब कथा शुरु हुन्छ । 

एकचोटि, तप्का स्खलन 
रामापिथेकस- नयाँ अस्तित्वको जन्म,
बिकशित रामापिथेकस
चिच्च्याँउछ, कराँउछ- वा झैँ गर्छ !
अनी, पञ्चतत्वलाई अँज्ञात धन्यबाद दिन्छ 
पहिलो प्रहारको भोजन गर्छ । 

दोश्रो प्रहारको भोजनमा जुट्छ 
केही लुटाँउछ, केही लुट्छ, 
केही फुटाँउछ, केही फुट्छ 
मतलब- जुट्छ, लुट्छ अनी फुट्छ । 

अन्तिम प्रहारमा उपादेयता घट्छ 
त्यो पञ्चभोगपछी, शुन्य समय बढ्छ,
बुद्दत्वो पाएझैँ, लमतन्न लड्छ 
मतलब- घट्छ, बढछ, अनी लड्छ । 

पञ्चतत्वको समाधिमा, रामापिथेकस खै के गर्छ
अस्तित्वको संघर्षमा, आधा जिँउछ-आधा मर्छ,
शुन्य समय, बिपरित लिंगी, निजी चीजमा फेरी पर्छ 
मतलब, पर्छ, गर्छ अनी मर्छ । 

बौलाहा प्रकृति । 
कठै मान्छे ।।  








  

Saturday, September 15, 2012

छुद्र भावना

एउटा आश, पैन्ट लगाउने !
अर्को आश, जुत्ता लगाउने !
आश न हो, साला फेरी पलायो,
यो चाँही, साइकल चलाउने ।

अब त शहर जान्छु ।
झन धेरै पैसा कमाउछु ।
भट्भटे चढ्छु
चस्मा लाँउछु
कपाल पाल्छु
टुप्पी लुकाउछु !
बाल भो ।
जात जानी होइन केरे ।
तेइपनी म त आधुनिक ठिटो !

लु भएन,
अब त अम्रिका जान्छु !
एस एस, ओके ओके, थान्कु थान्कु ।
धैत, प्राक्टिस पुगेन !
झल्यास्स भयो केटा !
रक्सी खायो भने ईंग्लिश खुल्छ !
वाज्जप माइट !
हाहा, ईंग्लिश फरर !!!

हेल्लो, यू गिब मी वोर्क, आइ डु समथिङ !
यू गिब मी मनि, आइ डु यनीथिङ !
ओके ! क्यान यू वोर्क १८ आवरस अ डे ?
या या, थान्कु थान्कु !
केटो दङ !! मनमनै फुरुङ हुँदै सोचँयो !
साला, रक्सी खाए ईंग्लिश आउनी,
नेपालीमा पटक्कै बोल्न नपर्नी !
काम गर्‍यो पैसा आउनी,
डलरको भाउ कैले नघट्नी !
पैसा, पैसा, पैसा !

आजकल पैसा धेरै कमाछ रे,
कोसैलाई दु:ख पर्‍यो भन्दिनु !
उस्ले तिमीलाई 'पेन्नी पेन्नी' दि- दिन्छ !
बद्लामा तिमी उस्को नातेदार हुनु पर्दैन !
तिमी भावनामा विश्वाश नगर बस,
उस्लाई भावना हजम हुँदैन !
सक्छौ भने फिस्स हाँस !
तिमी कस्तो ह्यान्ड्सम भन्देउ,
तिम्रो कपाल कस्तो बबाल भन्देउ !
धेरै नसके, दुई चार पेन्नी 'सिवोर' दिन्छ !
अनी बिर्सेंर पनि उस्लाई ' वोर्कोहोलिक ' नभन !
किनकी उ ईंग्लिश बुझ्छ, अनी रिसाउछ !
बद्लामा, तिम्रो 'पेन्नी' खुस्किन्छ !

कुरा टुंगाउछु म ।
यहाँ सम्बन्ध 'बेश्या' भकी छे,
भावनाको आबरणसँग पोइल जान्छे !
आफ्नत्वोको आधार खोज्दा खोज्दै,
हर सम्बन्ध लाई उ टुहुरो मान्दछे !
सम्बन्ध जो बेश्या भकी छे
एउटा नयाँ  धून पाकी छे ।
ताल मिलाउछ एउटा ,
उ नाच्छ छम, छम, छम छम ।












































Wednesday, August 22, 2012

खान पुगेर दिँदाको आनन्द !




जेनतेन 'खान पुगेर दिन नपुगेको' मैले आज रु ५५०० को हाराहारीमा (£ ३९.१८)हेल्पनेपालले शुरू गरेको १० करोडको परोपकारी अक्षय कोषको खातामा जम्मा गरेको छु । त्यती जाबो रकम सहयोग गरेर पनि ठुलो कुरो लेख्यो यो मान्छेले भन्ने लाग्न सक्छ हजुरहरुलाई । तर, मैले यो कुरा पोस्ट गर्दै गर्दा आफ्नो सहयोगको प्रचार-प्रसारको बर्णन नभएर, कसरी त्यो रकम दिने हिम्मत जुटाउन सकें भन्ने कुराको 'आइडिया शेएर' गर्ने प्रयास गर्दै छु । हिम्मत यसकारण कि मेरो आर्थिक हैंसियत रु. ५५०० सहयोग गर्ने बर्गभित्रको होइन।

मेरो 'आइडिया': म जुन ठाउँमा 'कस्टमर सर्भिस एडभाईजर'को काम गर्छु त्याँहा एउटा 'Shaz Islam' नामको अत्यन्त मिलनसार र कोमल मनको मित्र काम गर्छ । एकदिन उस्को आठ घण्टाको 'शिफ्ट' जरुरी परेर मलाई 'कभर' गर्न गरेको अनुरोध स्वीकारे बापत भोलीपल्ट 'चालिस पाउन्ड' हातमा राख्दै भन्यो, 'बिष्णु, प्लिज डोन्ट से नो - दिस इज माइ वे टु से थ्यांक यू।'

आँफुले गरेको कामको पैसा तलबमा पाउँने हुनाले लिन सक्दिन भनेर लाख जित्ने कोशीस गर्दा पनि साथी नमानेपछी मैले सो रकम हेल्प नेपाल लाई दिने मनमनै सोँचेपनि आँफु रित्तिएको बेला हात परेको ४० पाउन्ड आफ्नै गर्जो टार्दा सकियो । तर, मेरो त्यो सोँच 'ख्याल ख्याल' नभएर  भित्री मनदेखी आएको सोँच थियो । आज तलब आयो, अठोट पुरा गरें । मेरो मन खुशी छ ।

अब तपाईंको 'आइडिया': तँपाइ देश या बिदेश जाँहा हुनुहुन्छ, पक्कै पनि निकै मेहनतका साथ काम गर्दै हुनुहुन्छ । कती पढ्दै हुनुहुन्छ, कती पढाउदै हुनुहुन्छ होला । कतीले सोँचे अनुसारको काम पाउनु भएको होला या गर्दै हुनुहुन्छ होला । कतीले सपनामा पनि नसोँचेको काम गर्दै हुनुहुन्छ होला । तर, यी सबै परिस्थितीबाट एकैछिन बाहिर निस्केर हेरेंउ भने हामीले देख्ने छौ आफ्नो परिस्थितीबाट बिश्राम लिनको लागि हामी कती डलर, दिराम, पाउन्ड या रुपँया धुम्रपान या मध्यपानमा खर्चीरहेका हुन्छौ । अब एकदिन मन बाँधेर हेरौ, तपाईंले बिश्राम लिदा खर्चिने रकम एक्लै या साथीभाई मिलेर हेल्प नेपालको सामाजिक कार्यको लागि भनेर जम्मा गरेर सहयोग गरेर हेर्नुस्: केवल एकदिन!! कुनैदिन सोँचेको भन्दा धेरै काम गर्नुहोला, अन्दाज गरे भन्दा बढी कमाइ भएको दिन पर्ला !! जुनसुकै दिन होस । तर एकदिन - कम से कम एकचोटि प्रयास गर्नुस् ! त्यो सहयोग गरेबापत तपाईंले महसुस गर्ने आनन्द नितान्त फरक अनी अकल्पनिय हुनेछ । किनकी तपाईंको त्यो एकदिनको 'फरक बिश्रामले' धेरैको जिबनमा 'फरक पार्नेछ'। एकचोटि 'आँटेर' त हेर्नुस् । म त फेरी अर्को प्रयास गर्नेछु ! :)

Tuesday, August 21, 2012

उत्तर नभएको प्रश्न !



किन हामी बिदेश छौ? यहाँ हरेक ब्यक्तीको उत्तर फरक हुन्छ यधपी मुलभूत सार भने एउटै हुन्छ । २२ बर्षको ले एम. बि. ए. गर्न पनि बिदेश आको छ, ४५ बर्षकोले झन बढी उत्साहको साथमा उही एम. बि. ए. गर्दै छ। २२ बर्षको विद्यार्थी कोसैको प्यारो छोरो वा छोरी हो त ४५ बर्षको विद्यार्थी केही 'बिदेशका कर्णधार' को पुज्य पिता हो । यी दुबै बर्गका 'संघर्सरत' हरुको आफ्नै परिस्थिती छ बिदेश आउनु को ।

"तर मान्छे भाका फेर्न खप्पिस हुँदा रछन गाँठे!" एकदिन बसमा यात्रा गर्दा  एउटा नेपालीले अर्को लाई घोचपेच / कुरौटे पारामा गफ हाँक्दै गर्दा सुनेको वार्तालाप ।
अर्कोले भन्यो, 'किन र, कल्ले भाका फेर्यो फेरी ?
'चाइनिजले त घर नछोड्ने रे नि !' पहिलो फिस्स हाँस्यो ।

बाँकी कुरा के भयो सुन्न सकिन किनकी म झर्नु पर्ने टेसन आयो । तर पछी यसो घोत्लिने प्रयास गरे । साथीहरु बिदेशी जिबनको एउटा महत्वपूर्ण पाटो जुन एउटै घरमा मिलेर बस्नु पर्ने बाध्यता हुन्छ तेस्मा मिलेर बस्न नसकेको कुराको आभास भयो ।

अर्को दिन कामबाट घर फर्किदै गर्दा दुईटा जवान नेपाली युबक हरुको वार्तालाप सुन्ने मौका पर्‍यो ।
'कुरै मिल्थेन यार, जैले एक टुक्रा मासु छोडेर हिन्दिने त भांडा माझ्न पर्छ भनेर ।' एउटाले सुनायो ।
'फ्रस्टु बनाको भएर आफ्नो बाटो लाग भन्दिस अनी ।' अर्कोले बुझ्न खोज्यो ।
'भन्देको तर झन घाटा लाग्यो नि , मेरो हेड्फोन टप्काएछ, समिपको त झन दामी स्पिकर लिएर गएछ' । बखान सुनायो ।
'खुट्टा काट्छ भेट्यो भने' हल्का खित्किदै भन्यो अर्को ले ।

एकदिन नेपाली होटेल मा 'मम' खान गको, त्याँहा काम गर्ने एउटा साथी ले सुनायो ।
'यसो एक, दुई क्यान बियर भको भये नि हुन्थ्ह्यो नि, साथीहरु त दुई फुल जेडी लिएर आउनी अनी रक्सी आफ्नै खान्छु स्न्याक्स को बिल तिर्छौ पो भन्छ बा!' हल्का झोक्यो।
'हाहा, हो र ?' मलाई मज्जा लाग्यो कुरा सुनेर ।
'अनी भनीदिये, हजुर 'एक्जिट डोर' त्यता छ भनेर' । सन्तोष प्रकट गर्‍यो जनकपुरको मित्र ले ।
'बिचरा! किन 'हर्ट' गरेको त यार, सर्भिस चार्ज गरेर खान देको भये भई हाल्थ्ह्यो नि, हल्ला गर्न नदीकन' ।  मैले 'सिम्प्याथी' देखाँये।
'कँहा यार ! बर्बाद गर्छ केटा हरु ले, पुरै झगडा गर्दिन्छ त !' हल्का झस्क्यो साथी ।
मैले 'तात्तातो मम' तिरै जोड गरें ।

एकदिन बरीस्टहरुसँगको 'साँझमा' परे म ।
"के गर्नु हजुर, दिनकै सात घण्टा अन्धकार ! के आश गरेर योजना बनाउने ! मन त थिएन नि, तर के गर्नी समयले साथ दियो अनी गत हप्ता मात्रै 'ब्रिटिश सिटिजनशिप' हात पर्‍यो !" पुरै नेता शैलीमा दिये बुढाले हल्का पेग थप्दै ।
अर्को ले 'रेस्पोन्स' गर्‍यो, "दिस इज बिट डिसअप्पोइन्टिङ आएम अफ्रैड! नेपाली पोलिटिक्स रुइन्स नेपाल वान डे !"
पछी बुझ्दा था'लाग्यो , 'आएम अफ्रेड' भन्ने झन पुरानो 'ब्रिटिश सिटिजन' रहेछ ।  

हरेक मान्छेको परिस्थिती बदलिंदो हुने रहेछ । सबैलाई थाहा भको कुरा हो । तर, परिस्थिती बदलिनुमा मान्छे दोषी हुँदैन बरु परिस्थिती आँफै दोषी हुन्छ किनकी परिस्थिती आँफैमा एक परिवर्तनशिल तत्व हो भन्ने कुरासँग सहमत हुन नसकेर मान्छे तनाबमा बाँच्ने गर्छ । एउटा सामान्य परिवारमा हुर्केर, बढेर, अनी पँढेर धेरै हद सम्म सामान्य नेपालीको जस्तो 'डन्डीबियो' र 'मोजाको बल' अनी कनिकुथी 'डम्फु र टिम्फु' गुच्चामानै सिमित रहेको जिबनमा एकैचोटि उज्ज्यालो आँउदा मान्छेभित्र उम्लने रगत स्वतह: बढी तातो हुन्छ । अनी त्यो रक्तप्रबाहले दिने जोश  कुनै एउटा मासु दोकान, म्याकडोनाल्ड, सर्सफाइ वा चौकिदारीमा खर्चेर जे जती आम्दानी हुन्छ तेस्बाट आफ्नो परिस्थिती सहज बनाउन कोही चाहन्छ भने यो तथ्यलाई गलतरूप अर्थाउनुको कुनै तुक हुँदैन।        

जब २०४६ को आन्दोलन जारी थियो, म मेरो गाउँस्थित मन्दिर अगाडिको 'माटे परिसर'मा 'गुलुसुली' हान्नु पर्ने गुच्चा सँग सँघर्सरत थिँए । मलाई के थाहा, त्यो गुच्चाको ठोकाइ सँग नेपालमा बहुदल आउँदै थियो भनेर ! भएजती सबै साथी कम्युनिष्ट थिए । बा 'पेटमै' कांग्रेस ! म बिचरो त्यती खेर देखिको 'अधकल्चो', आजसम्म पनि कुन पार्टीको हुने भन्ने कुरामा 'झोक्रीरहन्छु' । र आज आएर लाग्छ, सामान्य नागरिक कुनै पार्टीको 'स्थाइ' सदस्य हुनै सक्दैन यदी उ सामान्य हैसियतमा जिबन जिउन चाहन्छ भने । म नाथे 'एक भोट' न परें ! बाल फरर !

०४६ पछी जे देँखे, त्यो मैले दोहोर्याइरँहदा 'कुरो दोहोरिन्छ'।  तर पनि, देशमा राजा मरे, राजा बने, राजा भागे' अनी फेरी अर्को ब्यबस्था आयो र त्यो गणतन्त्र भयो । जब गणतन्त्र आयो, म 'टीयु'मा बास्केटबल खेल्दै थिएँ ! ठिकै हो , जीन्दगी भरी 'गुच्चै मात्र खेल्न पनि मिलेन ! एकाध दिन त खेल खेलमै बित्यो आन्दोलन । तर, जब 'परिस्थिती' बदलिंदै गयो, मैले टाउको नदुखाइ भएन ! कती राजाबादी तर 'रैथाने' किर्तिपुरबासीका झ्यालको सिसा रहेनन, कती घरका ढोका रहेनन, कतीका दिन रहेनन, कतिका रात रहेनन । तर सबै बिच जे रहेन त्यो थियो - 'परिस्थिती' - जो सधैं एउटै रहेन । झ्यालका सिसा हरु फेरिए होलान, ढोकाका पल्लाहरु जोडीए होलान, रात शान्त भइसक्यो होला, दिन उज्ज्यालो तर हाम्रो 'परिस्थिती'आज पनि उस्तै छ । मोफसलमा घर हुनेलाई 'काठमान्डू' मा एउटा घर चहिएको छ । 'काठमान्डू' मा घर हुने लाई जिन्दगी मा केही न केही गर्नु छ । अनी त्यो 'केही न केही' गर्न लाई बिदेश आउनु नै एउटा समाधान हो । तेस्पछी, आको एक दुई बर्ष नयाँ ठाउँमा रुमलिदा रुमलीदै जान्छ । एक लट 'भिसा रिनु' गर्दा धन्नै ४ बर्ष बित्छ । तेस्पछी एक दुई बर्ष अझ बिताउनी बितिक्कै 'टिआर' 'पिआर' , यो जाती, त्यो जाती ।

'दीस इज बिट डिसअप्पोइन्टिङ आइ एम अफ्रैड !!!......To be Continued :)