Friday, October 4, 2013

"कहानीहरू"

मैले सोँच्न छाडीसकेँ, बन्दै गर्छन कहानीहरू
फुल हैन काँडाहरुले, भन्दै गर्छन कहानीहरू

द्रश्यमा रहने त्यो रँग सबै फिक्का हुन्छन
झरीअघी बादलझैँ, चल्दै गर्छन कहानीहरू
फुल हैन काँडाहरुले, भन्दै गर्छन कहानीहरू

जमात अनी हुल सबै, अन्योलको रसरँगमा
औँला भाँचीभाँची तिम्रो, गन्दै गर्छन कहानीहरू
फुल हैन काँडाहरुले, भन्दै गर्छन कहानीहरू

एक तमासमा बिहानीको, शीतसँग शुरु हुन्छ
पर्छ, गर्छ, टर्छ: साँझ, ढल्दै गर्छन काहानीहरू
फुल हैन काँडाहरुले, भन्दै गर्छन कहानीहरू

हो कि कुन्नी मिलेमतो, भ्रम अनी खुसीबिच
छेरौटी र गोटा पर्छ, कन्दै गर्छन कहानीहरू
फुल हैन काँडाहरुले, भन्दै गर्छन कहानीहरू

- Just keep going with the flow of life :)