Saturday, June 11, 2011

महशूस

एक्कासी मलाई आभास भयो,
कतै तिम्रो आँशु त झरेन !
बाहिर छाती बादल हुँदै छ
भित्र चिसो पटक्कै मरेन ।
एक्कासी मलाई आभास भयो,
कतै तिम्रो आँशु त झरेन !

मनको मरुभुमी भित्र आज
अचानक ताप घटे जस्तो भयो
गर्मी त उस्तै थियो
र पनि एकखाले, अर्कै तमास भयो
म सोंच्दै छु,
कतै तिम्रो आँशु त झरेन !
बाहिरी ताप र भित्री चिसो बिचको
समिकरण पटक्कै मिलेको छैन
कारण सामान्य छ !
तिमी बाहाना जो बनाउछौ !

बहाना आँफु बनाई तिमी
प्याजलाई ब्यार्थ दोश नदेउ
नयन किन भिज्छ त्यसै
धेरै साउन देखेको छु
एक्कासी मलाई आभास भयो
कतै तिम्रो आँशु त झरेन
बाहिरी छाती बादल हुँदै छ
भित्र चिसो पट्क्कै मरेन