Saturday, September 15, 2012

छुद्र भावना

एउटा आश, पैन्ट लगाउने !
अर्को आश, जुत्ता लगाउने !
आश न हो, साला फेरी पलायो,
यो चाँही, साइकल चलाउने ।

अब त शहर जान्छु ।
झन धेरै पैसा कमाउछु ।
भट्भटे चढ्छु
चस्मा लाँउछु
कपाल पाल्छु
टुप्पी लुकाउछु !
बाल भो ।
जात जानी होइन केरे ।
तेइपनी म त आधुनिक ठिटो !

लु भएन,
अब त अम्रिका जान्छु !
एस एस, ओके ओके, थान्कु थान्कु ।
धैत, प्राक्टिस पुगेन !
झल्यास्स भयो केटा !
रक्सी खायो भने ईंग्लिश खुल्छ !
वाज्जप माइट !
हाहा, ईंग्लिश फरर !!!

हेल्लो, यू गिब मी वोर्क, आइ डु समथिङ !
यू गिब मी मनि, आइ डु यनीथिङ !
ओके ! क्यान यू वोर्क १८ आवरस अ डे ?
या या, थान्कु थान्कु !
केटो दङ !! मनमनै फुरुङ हुँदै सोचँयो !
साला, रक्सी खाए ईंग्लिश आउनी,
नेपालीमा पटक्कै बोल्न नपर्नी !
काम गर्‍यो पैसा आउनी,
डलरको भाउ कैले नघट्नी !
पैसा, पैसा, पैसा !

आजकल पैसा धेरै कमाछ रे,
कोसैलाई दु:ख पर्‍यो भन्दिनु !
उस्ले तिमीलाई 'पेन्नी पेन्नी' दि- दिन्छ !
बद्लामा तिमी उस्को नातेदार हुनु पर्दैन !
तिमी भावनामा विश्वाश नगर बस,
उस्लाई भावना हजम हुँदैन !
सक्छौ भने फिस्स हाँस !
तिमी कस्तो ह्यान्ड्सम भन्देउ,
तिम्रो कपाल कस्तो बबाल भन्देउ !
धेरै नसके, दुई चार पेन्नी 'सिवोर' दिन्छ !
अनी बिर्सेंर पनि उस्लाई ' वोर्कोहोलिक ' नभन !
किनकी उ ईंग्लिश बुझ्छ, अनी रिसाउछ !
बद्लामा, तिम्रो 'पेन्नी' खुस्किन्छ !

कुरा टुंगाउछु म ।
यहाँ सम्बन्ध 'बेश्या' भकी छे,
भावनाको आबरणसँग पोइल जान्छे !
आफ्नत्वोको आधार खोज्दा खोज्दै,
हर सम्बन्ध लाई उ टुहुरो मान्दछे !
सम्बन्ध जो बेश्या भकी छे
एउटा नयाँ  धून पाकी छे ।
ताल मिलाउछ एउटा ,
उ नाच्छ छम, छम, छम छम ।












































No comments:

Post a Comment